Logo
Logo

सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर, २८ चैत । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।
तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसंघ सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका संयोजक कैलाश चन्दले बताए ।
‘विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको पदाअवधि छँदाछँदै प्राध्यापक डा. पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपति तोकेपछि आन्दोलनमा उत्रिएका हौँ’ उनले भने, ‘विश्वविद्यालयको स्वायत्तता र ऐन नियमको अवमूल्यन गरिएको छ । यसैका विरुद्ध हाम्रो आन्दोलन हो ।’ निर्णय नसच्याउँदासम्म तालाबन्दीलगायतका आन्दोलनका कार्यक्रम जारी रहने नेविसंघले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्