Logo
Logo

तुइन काटेकाे विषयमा भारतसँग वार्ता गर्न सांसदकाे माग


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाए ।

सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उहाँको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गरे । भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गरे ।

“वर्तमान सरकारले तुइन विस्थापन गर्न उचित कदम चालोस्”, भट्टराईले भने । उनले अघिल्लो सरकारले नै खोपको आपूर्ति गरेको तर वर्तमान सरकारले त्यसलाई आफ्नो उपलब्धि ठानीरहेको बताए । थप खोप आपूर्तिका लागि वर्तमान सरकारले कुनै पहल गर्न नसकेको उनले आरोप लगाए ।

सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताए । उनले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्