Logo
Logo

जापानबाट अष्ट्राजेनेका खोप शनिबार आइपुग्ने


दृष्टि संवाददाता


काठमाडाैं । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।

जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाखपछि आइपुग्ने राजदूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्