Logo
Logo

व्यापारीको हत्यामा संलग्न दुई जना सिआईबीको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत । एक व्यापारीको हत्यामा संलग्न दुई जनालाई सिआईबीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका–९ का नवराज थापाको हत्यामा संलग्न दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ज्यामिरे घर भएका ‘विष्णु’ भन्ने तारा बहादुर भण्डारी र सोही ठाउँका विनोद गिरी रहेका छन् ।

२०७५ असोज २० गते अलैंची व्यापार गर्न भनि हिँडेका नवराज थापा सम्पर्कमा नआएपछि खोजी गर्दा असोज २९ गते उनको शव मेलम्ची–९ बसैउरामा फेला गरेको थियो ।

ऐसेलु घारीमा सडेगलेको अवस्थामा मृत फेला परेका भण्डारीको हत्या अनुसन्धान गर्दै जाँदा विष्णु र विनोदले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घर निर्माणको काम गर्दै आएका तारा बहादुर भण्डारी र विनोद गिरीलाई मेलम्ची नगरपालिका–९ ज्यामिरे र डवल्याङ्गबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मेलम्चीमा पठाइएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्