Logo
Logo

वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत । वैदेशिक रोजगार विभागको महानिर्देशकमा भीष्म कुमार भुसाल नियुक्त भएका छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भुसाललाई बुधबार महानिर्देशकमा नियुक्त गरेका हुन्।

नियुक्ति पाएसँगै नवमहानिर्देशक भुसालले वैदेशिक रोजगारलाई मर्यादित पेसा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न सबैलाई आग्रह गरेका छन्।

उनले आफूसामु ठूलो चुनौती आएको भन्दै वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरूको घाउमा मल्हम लगाउन कुनै कसर बाँकी नराख्ने वाचा गरे।
भुसाल यसअघि वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत थिए । वैदेशिक रोजगार विभाग आकर्षक पोष्टिङ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्