Logo
Logo

पेप्सिकोला टाउनप्लानिङमा नेपाल इन्भेष्टमेण्ट बैंकको ७९औँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा ७९औं शाखा विस्तार गरेको छ । कामनपा–३२, पुरानो सिनामंगलस्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो । बुधबारबाट बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालकी प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो ।

बैंकले ग्रामीण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तीय कारोबार हुने यस शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको छ ।


हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५५ शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन केन्द्र, ५१ शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको इन्भेष्टमेन्ट बैंकले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘वेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङमा ए बाट ए प्लस ल्याइ स्त्तरोनन्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्