Logo
Logo

खोटाङ सेवा समाज युकेद्वारा खोटाङ जिल्लालाई स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडौं । खोटाङ सेवा समाज युकेले खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड-१९ रोकथाम र उपचारका स्वास्थ्य विभिन्न सामग्री प्रदान गरेको छ । भर्चुअल कार्यक्रमको माध्यमबाट समाजका अध्यक्ष डा.प्रमोद कोयी राईले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देललाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको सक्रियतामा संचालन गरिरएको ‘अक्सिजन पठाउ आफन्तको ज्यान वचाउ’ अभियानअन्र्तगत पहिलो चरणमा थरमल गन, कन्सनट्रेटर मेसिन, पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज र थ्रिवएज अक्सिजन कारमेलालगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीट र २४ लाख ६० हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खोटाङ जिल्लालाई प्रदान गरेको छ ।

पहिलो चरणको स्वास्थ सामाग्री भने खोटाङ जिल्लाका १० वटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रोहवरमा हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष डा. कोयीले जिल्लाभरिका कोभिडका गम्भीर विरामीहरू कोभिड जिल्ला अस्पताल खोटाङमा नै उपचार गर्न आउनुपर्ने र सबै कोभिडका बिमारीहरुले संस्थाद्धारा प्रदान गरिएको बताए ।

खोटाङ सेवा समाज युके खोटाङ जिल्लाका जनताका समस्या र पीडामा मलम बनेर सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको विशुद्द सामाजिक संस्था हो । यस संस्थाले जिल्लाभरिका जनताको पीडामा मलम लगाउने काम गर्दै आएको छ । प्रवासमा संगठित समाजले जिल्लाका जनतामा देखाएको सहयोगी भावप्रति जिल्ला प्रमुख अधिकारी शर्मा, जिल्ला स्वास्थ्य प्रमुख डा.सिग्देल र जिल्लाका डा. वैभव मलिकले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्