Logo
Logo

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ चैत । नेपालमा अनलाइन भिडियो गेम ‘पब्जी’ प्रतिबन्ध भएको छ । छोटो समयमै विश्वमा लोकप्रिय बनेको पब्जी अर्थात ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले प्रतिबन्ध गर्न लगाएको हो ।
प्रहरीको आग्रहमा प्राधिकरणले बिहीबारबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको छ । पब्जी गेमले बालबालिकाहरुमा नरात्मक प्रभाव गरेको भन्दै पछिल्लो समय गुनासो बढेपछि प्रहरीले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्