Logo
Logo

प्रभु बैंकले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालन ल्यायो


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै आप्mना ग्राहकलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । प्रभु बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नका लागि बैंकको नगद काउण्टरमै श–शरीर भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब क्यास रिसाइकल मेशिन (सिआरएम) बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा साउन २२ गते शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । क्यास रिसाइकल मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।

क्यास रिसाइकल मेशिनबाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफुले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा÷राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखेपछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट÷भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफुले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाइने छ ।

प्रभु बैंकले औपचारिकरुपमा सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्