Logo
Logo

यस कारण शाहरुखले बेचे आफ्ना २२ फिल्मको सेटलाइट राइट !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ चैत । बलिउडका ‘बादशाह’ शाहरुख खानले आफ्ना २२ फिल्म बेचेका छन् । उनले ती फिल्म सेटलाइट अधिकार बिक्री गरेका हुन् । यसरी एकैसाथ आफ्ना फिल्मको सेटलाइट अधिकार बिक्री गरेपछि यतिखेर शाहरुख चर्चामा छन् ।
आखिर किन शाहरुखले एकैसाथ आफ्ना २२ फिल्मको सेटलाइट अधिकार बिक्री गरे त ? भारतीय मिडियाका अनुसार शाहरुखको पछिल्लो समयमा रिलिज भएका फिल्महरूले व्यावसायिक सफलता पाउन सकेका छैनन् । उनको पछिल्लो फिल्म ‘जीरो’को समेत हालत उस्तै खराब भयो । बलिउड बक्स अफिसमा सय करोडको व्यापारको आँकडामा लगातार झुक्दै गएप्छि उनले आफ्ना २२ फिल्महरुको अधिकार बिक्री गरेको बताइन्छ ।
शाहरुखले एक निजी च्यानललाई आफ्ना ती फिल्मको सेटलाइट राइट बेचेर ठुलो रकम हात पारेको बताइन्छ । तर कति रकम हात पारे भन्ने खुलाइएको छैन । शाहरुखले ‘स्वदेस’, ‘ओम शान्ति ओम’, ‘दिलवाले’, ‘फिर भी दिल है हिन्दुस्तानी’, ‘चेन्नई एक्सप्रेस’, ‘हैप्पी न्यू ईयर’, ‘डियर जिन्दगी’, ‘पहेली’, ‘बिल्लू’, ‘चमत्कार’, ‘अन्जाम’ र ‘राम जाने’को अधिकार बिक्री गरेका हुन् ।
शाहरुख हालका दिनमा आइपिएलमा आफ्नो क्रिकेट टीम कोलकाता नाइट राइडर्सको हौसला बढाउन व्यस्त छन् । यो टिम अहिले निकै मजबुत भएर खेल खेलिरहेको छ । शाहरुख हाल कुनै पनि फिल्ममा अभिनयका लागि अनुबन्धित भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्