Logo
Logo

आइएमई लाइफ इन्स्योरेन्सले गर्यो एक करोड भुक्तानी


दृष्टि संवाददाता


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक बिमितको मृत्यु हुँदा बिमितको परिवारलाई रु एक करोड दाबी भुक्तानी दिएको छ । प्रदेश नम्बर १ को गाईघाट शाखामा बिमा गरेका सूर्यबहादुर खड्काको मृत्यु भएपछि कम्पनीले बिमा दाबी भुक्तानी दिएको हो ।

बिमितलाई नोभेल कोरोना भाइरसको लक्षण देखा परेपश्चात् उपचारकै क्रममा खड्काको मृत्यु भएको कम्पनीले जनाएको छ । बिमाबापतको रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बिमितले इच्छाइएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेको जनाएका छन् ।

प्रमुख कार्यकारी अधिकृत फँुयालले कम्पनी सदैव बिमितको हित, बिमाको सरल सेवा प्रवाह, छिटो–छरितो तवरमा दाबी भुक्तानी, जीवन बिमाको जनचेतना र न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा पहँुचका लागि कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्