Logo
Logo

यू–१९ विश्वकप : नेपालद्वारा सिंगापुरसामु २८३ रनको लक्ष्य प्रस्तुत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत शुक्रबार पहिलो खेलमा नेपालले सिंगापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनायो । सिंगापुरविरुद्ध बनाएको यो स्कोर यू–१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठूलो स्कोर हो ।
खराब शुरुआत गरेको नेपालले मात्र १८ रन जोड्दा दुई विकेट गुमाएको थियो तर कप्तान रोहितकुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।
कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । पवन ४७ रनमा आउट भए । यस्तै नेपालका लागि राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । सिङ्गापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्