Logo
Logo

आजदेखि भारतीय जेट एयरवेजको नेपाल उडान बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ चैत । पछिल्लो समय आर्थिक संकट बेहोर्दै आएको भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आज शुक्रबारबाट नेपाल उडान स्थगित गरेको छ । यो एयरवेजले नेपालमा गर्दै आएको दैनिक ३ वटा उडान रद्द गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार वायुसेवाले शुक्रबारदेखि उडान स्थागित गरेको छ । बिहीबारसम्म नियमित उडान गरिरहेकाले यो विमानले शुक्रबारदेखि चार दिनका लागि उडान स्थगित गरेको जनाएको छ । वायुसेवाले विमानस्थल कार्यालयलाई उडान स्थागित गर्नुको कारण दिएको भनेपनि आफूसमक्ष भने आइनपुगेको क्षेत्रीले बताएका छन् ।
वायुसेवाले बिहीबारमात्रै दिल्ली–काठमाडौं दुईवटा उडान गरेको थियो । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिरणबाट बोइङको बी७३७(८०० नामक १६८ सिट क्षमताको जहाजबाट दैनिक तीनवटा उडानको अनुमति स्वीकृत गराएको छ ।
पछिल्लो समय एकपछि अर्को अन्तर्राष्ट्रिय गन्तव्यमा उडान स्थागित गर्दै जान थालेको यो वायुसेवाले दिल्ली इन्दिरा गान्धी विमानस्थलबाट दैनिक काठमाडौंमा ३ उडान अनुमति पाएको भएपनि पछिल्ला दिनमा यसको उडानमा कटौती गरेको थियो ।
भारतीय पर्यटकलाई सेवा दिने यो वायुसेवाले काठमाडौं उडान नाफामूलक भएपनि यसले आन्तरिक समस्याका कारण उडान स्थागित गरेको बताइन्छ । वायुसेवाले उडान तथा अवतरण वापत त्रिभुवन विमानस्थललाई करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्