Logo
Logo

नेपाल टेलिकमको नयाँ वर्ष अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।


उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (तीन दिन) सम्म खरिद गर्न सकिने छ ।


प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्