Logo
Logo

ग्लोबल आइएमई बैंकले ल्यायो ‘सबै नेपालीको बचत खाता’


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गतेदेखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियानअन्र्तगत ‘सबै नेपालीको बचत खाता’ शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो । आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंकले १०० रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।

उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टरमार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटोसहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैंकले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्