Logo
Logo

प्रहरीको प्रश्नपत्र चोरी प्रकरणः डिएसपीसहित ३० प्रहरीमाथि कारबाही हुने


दृष्टि संवाददाता



काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनमा खटिने प्रहरीलाई लिइने प्रि स्याट परीक्षामा भएको प्रश्नपत्र चोरीसम्बन्धि अनुसन्धान सकिएको छ । डिआइजी बसन्त लामा नेतृत्वको टोलीले आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाउँदै छ ।


छानबिनमा डिएसपीसहित करिब ३० प्रहरीको त्यसमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता देखिएको छ । यूएन शाखामा कार्यरत परिचर सुरेश बमले एसपी अनुपमशमशेर जबराको दराजबाट प्रश्नपत्र चोरी गरेका थिए। त्यसका योजनाकार हवल्दार कुमार शाह थिए । यूएन शाखामा ८ वर्ष काम गरेका शाहले नै त्यो योजना बनाएका थिए ।


शाहले डिएसपी रुपेश खड्का लगायतलाई प्रश्नपत्र दिएका थिए । डिएसपी खड्का पहिला यूएन शाखामै काम गरेका थिए । प्रश्नपत्र पाउँदा पनि उनले गोप्य राखेको र अरुलाई पनि दिइएको खुलेपछि उनी पनि कारबाहीमा पर्ने निश्चित भएको छ । त्यसरी प्रश्नपत्र पाएर पनि खबर नगर्ने अन्य ३० प्रहरीमाथि कारबाही हुन लागेको छ । हवल्दार शाहले केही प्रहरीलाई पैसाको डिल गरेर प्रश्नपत्र दिएको खुलेको छ ।
प्रहरीकै बेइज्ज्त भएको यो घटनामा संलग्नमाथि कडा विभागीय कारबाही हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्