Logo
Logo

सांसद कुट्ने डिआइजी संकटमा


दृष्टि संवाददाता


काठमाडौं । सरकार फेरिएपछिसँगै नेपाल प्रहरी यतिबेला एक किसिमको संक्रमणकालमा छ । नयाँ सरकार आएलगत्तै एआइजीको सरुवा बदर गरिएको थियो । बढुवा भएका एआइजीलाई पनि जिम्मेवारी दिइएको छैन ।

यस्तो अवस्थामा गृह मन्त्रालयमा अनेक चलखेल चलिरहेका छन् । कोही एआइजी सहकुल थापाको बढुवा बदर गराउन लागेका छन् भने, कोही एआइजीको दरबन्दी थपमा लागेका छन् । उच्च प्रहरी अधिकारीहरु दैनिक जसो आफ्नो व्यक्तिगत स्वार्थमा बालुवाटार छिर्ने गरेका छन् । केपी शर्मा ओली सरकारमा हुँदा ओलीको प्रिय बनेकाहरु अहिले कांग्रेसको प्रिय बन्ने प्रयासमा छन् ।

त्यसमध्ये एक हुन् डिआइजी रबिन्द्र धानुक । जसले लुम्बिनी प्रदेशमा हुँदा शंकर पोखरेलको सत्ता जोगाउन महिला सांसदमाथि हातपात समेत गरेका थिए । गत १९ बैशाखमा मुख्यमन्त्री पोखरेलको शपथ रोक्न माग गरी प्रदेश प्रमुखको कार्यालयमा बहुमत सांसद उपस्थित हुँदा उनले त्यहाँ रहेका सांसदमाथि हातपात गरेको अरोप सांसदहरुले लगाएका थिए । सांसदहरु निर्मला क्षेत्री, पुर्मति ढेंगा, लौटी थारु, सुस्मा यादब, पुष्पा थरुनी, गीता थापा लगायतले दुव्र्यवहार गरेको भन्दै डिआइजी धानुकमाथि कारबाहीको माग गरेका थिए । तर, त्यतिबेला ओलीको दबाबमा उनीमाथि कुनै कारबाही भएन ।

राजनीतिक आस्थाका आधारमा काम गरेका उनै धानुक यतिबेला एआइजी हुने दौडमा लागेका छन् । अर्थमन्त्री जनार्दन शर्मामार्फत उनी एआइजी हुने दौडमा लागेको स्रोत बताउँछ । शर्माकै बलमा पटक पटक उनले आकर्षक पोष्टिङ पाएका थिए । तर, गृहमन्त्री बालकृष्ण खाण भने धानुकसँग रुष्ट छन् । बुटवलमा महिला सांसदमाथि हातपातको सोही घटनामा खाणले त्यतिबेला फोन गरेकोमा धानुकले फोन नै उठाएका थिएनन् । त्यही कारण उनी संकटमा परेका हुन् ।

त्यस्तै अर्का डिआइजी धिरजप्रताप सिंह पनि बढुवाको दौडमा रहेको स्रोत बताउँछ । उनी गत बिहीबार दाङका एका कांग्रेस सांसद लिएर बालुवाटार छिरेका थिए । ओलीको कार्यकालमा पनि उनी ओलीका प्रिय भनेर प्रदेश नम्बर २ बाट सिआइबीको नेतृत्व गर्ने मौका पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्