यस्तो छ अर्थमन्त्रीद्वारा जारी आर्थिक ‘श्वेतपत्र’ (पूर्णपाठ) « Drishti News – Nepalese News Portal
Logo

यस्तो छ अर्थमन्त्रीद्वारा जारी आर्थिक ‘श्वेतपत्र’ (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्था जानकारी गराउन ‘श्वेत पत्र’ जारी गरेका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले ‘देशको आर्थिक अवस्थाको जानकारी’ शीर्षकमा श्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी गराएका छन् ।

२०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६ / ७७ मा २ खर्ब १६ मा पुगेको मन्त्री शर्माले स्मरण गराएका छन् । मन्त्री शर्माले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेटको आकार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन थिलथिलिएको शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्