Logo
Logo

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्‍निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

संघीय संसद्‌ भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको हो ।

छलफलका क्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र नेकपा ९माओवादी केन्द्र० संसदीय दलका प्रमुख सचेतक देव गुरुङ पनि सहभागी थिए ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते दिनको १ बजे बस्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्