Logo
Logo

उपेन्द्र यादव र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी मंगलबार बिहान यादव भेट्न उनको निवास हात्तिवन पुगेकी हुन् ।

यसअघि यान्छीले प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा राजदूत यान्छीले मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ र पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राखेकी थिइन् ।

जवाफमा अध्यक्ष यादवले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार हुने राजदूत यान्छीलाई विश्वास दिलाएका थिए । चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिएको अन्र्तराष्ट्रिय संचार माध्यम र अनुसन्धान केन्द्रले दावी गरेपनि सो विषयलाई चीनले अस्वीकार गर्दै आएको छ ।

राजदूत यान्छीले चीनको वुहानबाट कोरोना भाइरस फैलिएको भन्ने यकिन नभएकाले सोबारे विश्वास नगर्न विभिन्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्