Logo
Logo

माओवादीले बैशाखी खाेजिरहेकाे खिमलाल भट्टराईकाे टिप्पणी


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा भट्टराईले कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर माओवादी आफ्नो अस्तित्वको रक्षामा लागेको टिप्पणी गरेका हुन् ।

उनले कांग्रेस असाध्यै दयनीय स्थितिमा रहेको र विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको समेत तर्क गरे । उनले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको भन्दै सरकारले विषयमा केही गर्न नसक्ने धारणा पनि राखे ।

उनले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राखे । भट्टराईले संहदरवार, बालुवाटार छोडेर बालकोट जादा पनि एमाले अध्यक्ष केपी ओली कै चर्चा सुनिएको भन्दै ओली राजनेता ठहरिएको बताए।

बैठकमा सदस्यहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत गरेको छ । बै

ठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले रेल्वे विधेयक सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन विधेयक, सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्