Logo
Logo

विशेष महाधिवेशनमा जानुपर्ने जिल्ला सभापति भेलाकाे निष्कर्ष


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।

दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार बरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसंग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।

उनले अहिले देखिएको क्रियाशिल सदस्यता विवादलाई बिधि र बिधानअनुसार समाधान गर्नुपर्ने धारणा राखे । तोकिएको समयमा नै महाधिवेशन हुन नसके १३ महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरौँ भन्ने रहेको उनले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादबारे पनि पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार विवाद भएका ठाउँमा प्रक्रिया पुर्याएर क्रियाशील सदस्यता दिने र १३ औं महाधिवेशनको क्रियाशील सदस्यबाट अहिले अधिवेशन गर्दा समस्या समाधान हुन्छ भन्ने आफुहरुको ठहर बैठकले गरेकाे छ ।

सभापतिहरुको भेलाको निष्कर्ष बुधबार सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्