Logo
Logo

श्वेतपत्र जारीदेखि बिहीबार राति ८ बजेदेखि गाडी नचल्नेसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुग्यो, २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १९ हजार १२३ परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २० हजार ६ सय ८० पुग्यो, २४ घण्टामा थप २ हजार ११५ जना संक्रमणमुक्त भएसँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १ सय ९८ पुग्यो ।

२. प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीद्वारा मंगलबार संसद बैठकमा भाषण, देउवा सरकारको आयु १५ महिना मात्रै रहेको बताउँदै फेरि चुनाव आउने चेतावनी, अमेरिकी सहयोग एमसीसी पारित गरेर देखाउन देउवालाई चुनौती , लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, भूमि आयोग विघटन गरेर सरकारले गरीब एवं सुकुम्बासीको घाँटी रेटेको ओलीको आरोप ।

३. दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर अघि बढ्ने नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घोषणा, कर्णाली प्रदेश सभाका सदस्यहरूको पद खारेज भएमा उपनिर्वाचनमा जिताएर ल्याउने पनि नेपालको प्रतिबद्धता , बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको नेपालको टिप्पणी ।

फाइल फोटो

४. अर्थमन्त्री जनार्दन शर्माद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत , अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने शर्माको प्रतिवद्धता, सरकारको कुल ऋण १७ खर्ब २९ अर्ब पुग्यो, ओली सरकारले अनुत्पादक क्षेत्रमा खर्च गरेको आरोप, ८% को लक्ष्य लिएर आर्थिक वृद्धि नेगेटिभ, वैदेशिक स्रोत परिचालनमा असफल भएको निष्कर्ष ।

५. कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि थपियो, जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थप, नयाँ निषेध आदेश अनुसार बिहीबारदेखि अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने , उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने ।

६. लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट हेर्न नभ्याइनेमा, रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दावी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर, त्तारुढ दलबाट विभिन्न प्रलोभनमा दल परिवर्तनमा प्रभावित हुने डरले सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेनमा राखियो ।

७. नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरूसँग शीर्ष नेताहरू छलफलमा, जिल्ला सभापतिहरूसँगको बैठकको समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा सम्बोधन, क्रियाशील सदस्यतामा जारी अन्योल अन्त्य गरी १४ औं महाधिवेशन सुनिश्चित गर्न भन्दै संस्थापनइतर समूहका ४७ जना जिल्ला सभापतिहरू भेलामा सहभागी , तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापति भेलाको निष्कर्ष ।

८.नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, मंगलबार परिसूचक ५१ दशमलव ८६ अंकले बढेको नेप्से ३ हजार १ सय ६१ दशमलव ४४ विन्दुमा, ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २९७ रूपैयाँ कारोबार , मैलुङ खोलाको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता, अन्य क्षेत्रका लगानीकर्ता करमा जान आनाकानी गरिरहँदा शेयर बजारका शतप्रतिशत लगानीकर्ता प्यानमा दर्ता ।

९.अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्य किरण राईद्वारा फुटबलको पछिल्लो विवादमा प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीबाट त्रुटि हुन पुगेको दावी, दुइ वर्षका लागि मेस्सी पीएसजीमा अनुबन्धित, मेस्सीलाई स्वागत गर्न हजारौं संख्यामा उत्रिए पीएसजी समर्थक, विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदमा क्रिकेट खेल समावेश हुने ।

१०.र, चीनमा क्यानेडेली एक नागरिकलाई फाँसीको फैसला, कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित रहेको अमेरिकी अध्ययनको भनाइ, अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकार बन्धक, भारतमा थप २७ हजार संक्रमित, ३७६ संक्रमितको मृत्यु, अफगानिस्तानमा चर्केको हिंसामा २७ बालबालिकाको मृत्यु, तापमान वृद्धिले मानव जाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष ।

प्रतिक्रिया दिनुहोस्