Logo
Logo

१३१ वर्षीय ज्येष्ठ नागरिकको निधन


- दृष्टि न्युज/संवाददाता


राजविराज, ३० चैत । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ साँझ वर्षको उमेरमा निधन भएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए ।
उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहनुभएको स्थानीयवासीको भनाइ छ । आफ्नो जीवनकालको अधिकांश समय उनले कोशी टप्पुको जंगलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए । रासस

प्रतिक्रिया दिनुहोस्