Logo
Logo

सर्वोच्चले माग्यो महाकविको घर भत्काउनुकाे कारण


दृष्टि संवाददाता


काठमाडाैं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको थियाे । तर, अदालतले जवाफ माग्ने मात्रै आदेश जारी गरेकाे हाे ।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेपछि अधिवक्ता अधिकारी सर्वाेच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्