Logo
Logo

मानुषी लघुवित्तको आईपीओ खुलेकै दिन ६ लाख आवेदन


दृष्टि संवाददाता


काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार खुलेकै दिन झण्डै ६ लाख आवेदकले आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।

कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे जनाएकाे छ ।

जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।

आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्