Logo
Logo

लक्ष्मी बैंकको शाखा काठमाडौंको क्षेत्रपाटीमा पनि


दृष्टि संवाददाता


काठमाडाैं । लक्ष्मी बैंकले लिमिटेडले शाखा सञ्जाल विस्तारका क्रममा काठमाडौं महानगरपालिका, क्षेत्रपाटीमा १३३ औं शाखा सञ्चालनमा ल्याएको छ।

यो शाखा मार्फत ग्राहकले सम्पूर्ण रिटेल बैंकिङ सेवा पाउन सक्नेछन्। साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाईल फोन मार्फत बैंकिङ सेवा दिने र ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्