Logo
Logo

सुडानका गुप्तचर प्रमुखले पनि राजीनामा दिए


- दृष्टि न्युज/संवाददाता


खार्तुम, ३० चैत (एएफपी) । सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।संक्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ ।
विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा सहभागीहरुमाथि दमन गरेको आरोप सलिहमाथि लाग्दै आएको थियो । सलिहकै नेतृत्वमा हजारौँ प्रदर्शनकारी, विपक्षी अधिकारकर्मीहरु तथा पत्रकारहरुलाई गिरफ्तार गरिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्