Logo
Logo

हुन्डीका नाइकेलाई अनुसन्धान नगरी राजश्व बुझाइयो




काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत २५ गते हुन्डीको कारोबारमा संलग्न एक ठूलो समूहलाई पक्राउ गर्याे । तर, त्यो समूहमाथि थप अनुसन्धान नै नगरी राजश्व अनुसन्धान विभाग पठाइएको छ ।


परिसरले ९१ लाख ९६ हजार नगद, ८० लाख ४३ हजारको डिपोजिट स्लिप र ३६ लाख ८३ चेकसहित बरामद चार जनालाई पक्राउ गरेको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरु ः–ताहाचलका तरुण अग्रवाल, तनहुँका नितेश श्रेष्ठ, रामेछापका नरबहादुर खड्का र जोरपाटीका अर्जुन चौलागाईलाई प्रहरीले पक्राउ गरेको थियो । तरुण अग्रवाल वर्षाैदेखि हुन्डीको कारोबारमा संलग्न व्यक्ति हुन् । उनले यही धन्दाबाट करोडौं कमाइसकेको स्रोत बताउँछ ।


तर, प्रहरीले थप अनुसन्धान नै नगरी राजश्व अनुसन्धान विभागमा पठाइदिएको छ । यस्तो मुद्दामा प्रहरीले आफैं पनि थुनामा राखेर बैंकिङ कसुरमसम्बन्धि ऐनअनुसार अनुसन्धान गर्न सक्ने भएपनि राजश्वमा बुझाइएको हो । जसले गर्दा अग्रवाललाई सहज भएको छ । उनको बारेमा प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि जानकारी दिइएको छैन ।


काठमाडौं प्रहरीको आम्दानीको प्रमुख स्रोत हुन्डी हुने गरेको छ । सेटिङ मिलाउने व्यापारीलाई संरक्षण गर्ने र अन्यलाई पक्राउ गर्ने नीति लिएर प्रहरीले यसबाट मोटो फाइदा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्