Logo
Logo

पुजाको ‘पोई प-यो काले’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ बैशाख । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा तेश्रो सिनेमामा पनि सँगै हुने भएका छन् । यी दुई कलाकार नयाँ चलचित्र ‘पोई प¥यो काले’मा अनुबन्धित भएका हुन् । नयाँ वर्षको अबसर पारेर आईतबार काठमाडौंमा एक समारोहबीच आकाश र पुजालाई निर्देशक शिशिर राणाले यो नयाँ चलचित्रमा अनुबन्धित गरेका हुन् ।
चलचित्र ‘तिमी सँग’बाट निर्देशन यात्रा सुरु गरेका शिशिर राणाको यो दोश्रो चलचित्र हो । यसका लेखक पनि राणा नै हुन् । चलचित्रको कलाकार छनौट धमाधम भईरहेको र जेठको दोश्रो साताबाट आफुहरु छायाँकनमा जाने निर्देशक राणाले आईतबार बताए । अझै आफ्नो चलचित्रमा एक अभिनेता र एक अभिनेत्री चयन हुन बाँकी रहेको पनि राणाले बताए ।
पुजाले बाहिरी व्यानरको नयाँ चलचित्रमा आबद्ध भएकोमा खुसी व्यक्त गरेकी छिन् । चलचित्रमा राम्रो पारिश्रमिक पाएको यी अभिनेत्रीको भनाई छ । यो फिल्मबाट २० लाख रुपैयाँ पाएको उनको दाबी छ । पुजा जस्तै अभिनेता आकाशले पनि फिल्मबाट १८ लाख पारिश्रमिक लिएको दाबी गरेका छन् ।
यो फिल्मलाई दिपक मनाँगे (राजिब गुरुङ)ले निर्माण गर्ने छन् । उनी प्रदेश ४ अन्तर्गत मनाङ ‘ख’का प्रदेश सभा सदस्य हुन् । चलचित्र यो चलचित्रका कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली तथा प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहेका छन् ।
पोई प¥यो कालेको निर्माण संयोजक सुरज आचार्य रहेका छन् । जसमा पुरुषोत्तम न्यौपाने र शीव गौतमको संगीत रहने निर्देशक राणाले जानकारी गराएका छन् । चलचित्रलाई कात्तिकको ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने पनि निर्देशक राणाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्