Logo
Logo

माछापुच्छरे बैंक, टाइम्स रेमिट र एएमभीटेलबीच त्रिपक्षीय सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक, टाइम्स रेमीट र एएमभीटेल कम्पनीबीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधास्वरुप रेमिटएप मोबाइल वालेट सेवासम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छरे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र एएमभी टेलको तर्फबाट क्रमशः प्रमुख कार्यकारी अधिकृत अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरेका छन् । यस समारोहमा टाइम्स रेमिटका महाप्रबन्धक सुदनसिंह सिलवालको पनि उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार बैंकका ग्राहक एवं सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप, आईओएस तथा एन्ड्रोएड दुवै ओपरेटिङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखा, २ एक्सटेन्सन काउण्टरलगायत ५२ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्