Logo
Logo

एआईजी थप्न दौडधुप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीका उच्चपदमा शक्तिकेन्द्रबीच कति धेरै टसल हुन्छ भन्ने कुरा नेपाल प्रहरीमा रोकिएको डीआईजी बढुवाबाट प्रष्ट हुन्छ । शक्तिकेन्द्रहरुको स्वार्थ बाँझिदा महिनौंदेखि रिक्त रहेको डिआईजीको एक पदमा बढुवा हुनसकेको छैन ।

डिआईजी बढुवाको लडाई तत्काल हल नहुने देखेपछि दुई महिनाअघि गृहले त्यसलाई थाँती राखेर तल्लो तहको बढुवा निकालेको थियो । भावी आईजीपीका दाबेदारहरुको लडाईका कारण डिआईजी बढुवा हुन नसकेको हो । शक्तिकेन्द्रले जसरी पनि विश्वराज पोखरेललाई बढुवा गर्ने अडान राखेपछि विवाद भएको हो । जबकि पोखरेलको ब्याचभन्दा अगाडिका एसएसपीहरु बढुवा भएका छैनन् ।

विवाद लम्बिएपछि एआईजीका केही दरबन्दी थप गर्न लागिएको छ । एआईजीको दरबन्दी बढेपछि डिआईजीका थप पद रिक्त हुने भएकाले दरबन्दी थप गर्न लागिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा एआईजीको दरबन्दी थप गर्न लागिएको स्रोत बताउँछ । नेपाल प्रहरीमा एआईजीको दरबन्दी १५ बाट चारमा झारिएको थियो । तर, केही डिआईजीहरु भने प्रदेशमै एआईजी राख्नुपर्ने भन्दै एआईजीको ८ वटा दरबन्दी थप्ने लबिङमा समेत लागेका छन् । विगतमा पनि एकपटक एआईजीलाई प्रदेशमा प्रमुख बनाएर खटाइएको छ । संघीय संरचनामा प्रदेशमा डिआईजी कि एआईजीलाई प्रदेश प्रहरी बनाउने अझै टुंगो लागेको छैन ।

उता सशस्त्र प्रहरीमा डिआईजी सुरज श्रेष्ठ एआईजीको दरबन्दी बढाउने खेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्