Logo
Logo

एनआईबिएल एस क्यापिटलको निःशुल्क डिम्याट खाता सुविधा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन नयाँ बर्ष २०७६ को उपलक्ष्यमा नयाँ बर्ष २०७६ बैशाष १ गतेदेखि सिमित अवधिका लागि सम्पूर्ण महानुभावहरुमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने भएको छ । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सहायक कम्पनी हो ।

उक्त अभियानबाट बिशेषतः पूँजी बजारभन्दा बाहिर रहेका गृहिणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुंच बुद्धि हुने कम्पनीले विश्वास लिएको छ । यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

यस कम्पनीले निक्षेप सदस्य लगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभुति, लगानी ब्यबस्था सम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक÷वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त संस्था, जीवन तथा निर्जिवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ । यसका साथै एनआईविएल एस क्यापिटलले सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ र एनआईबिएल प्रगति फण्डको कोष व्यवस्थापकको कार्य समेत गर्दै आएको एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्