Logo
Logo

गौमुलमा फल्ने भो हाइडेन्सिटीको स्याउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

नन्दा थापा/बाजुरा
बाजुराको गौमुल गाँपालिकामा नयाँ प्रविधिको स्याउ खेती शुरु गर्न थालिएको छ । गौमुल गाउँपालिको कृषि विकास शाखाले परिक्षणको रुपमा नयाँ प्रविधिको फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुवात गर्न थालिएको हो । यो जातको स्याउ अरु स्याउ भन्दा धेरै मुल्यवान, बढीमुल्य पर्ने सक्ने र अरु भन्दा बढी पोषकतत्व भएकोले गौमुल गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ्ग प्रालिलाई समन्वय गरेपछि गौमुल गाउँपालिका– १ अन्द्रारीमा सुदूरश्चिमै पहिलो पटक नयाँ प्रविधिमा स्याउँ खेती शुरु गरिएको गाउँपालिकाले बताएको छ ।

इटाली र साइव्रेरियाबाट मनाङ जिल्लाको एग्रो मनाङ्ग प्रालिले नेपालमा भित्र्याएको र त्यस पछि बाजुराको कृषि विकास शाखाले पनि एग्रोमनाङ्गलाई समन्वय गर्दै बाजुरामा ल्याएको गौमुल गाउँपालिको कृषि विकास शाखा प्रमुख रमेश बि.कले बताए । बि.क.का अनुसार समुन्द्री सतह देखि १८ सय मिटर भन्दा माथी यो स्याउँ फल्न सक्ने भएकोले हामीले परिक्षण गर्नका लागि ५ सय बोट बाजुरामा ल्याएर स्याउ खेती शुरुवात गरेका छौ ।


नयाँ प्रविधिबाट उत्दान गर्दै आएको फुँजी गाला र गोल्डेन जातको स्याउँलाई चैत बैशाखसम्म रोपी सक्नु पर्ने र थोपा सिचाइका लागि यो स्याउलाई प्रत्येक दिन प्रत्येक बोटलाई कम्तिमा पनि ३ लिटर पानीको अनिवार्य आवश्यक पर्ने प्रमुख विकले बताए । इटाली र साइव्रेरियामा उत्पादन गर्दै आएको यो नयाँ प्रविधिकोे स्याउँ लगाएको पहिलो वर्षमा कम्तिमा पनि ३ केजी फल्ने र त्यसपछि क्रमस ५, ६ हुँदै ४५ केजीसम्म पनी एक बोटमा फल्ने कृषि विज्ञको भनाई रहेको छ ।

फुँजी, गाला र गोल्डेन जातको स्याउ अरु भन्दा ,बढी फल्ने , अरुको भन्दा बढी मुल्य पर्ने र पोषकतत्व पनि अरु भन्दा बढी हुने भएकोले यो स्याउ खेतीबाट याहाँका स्थानीयहरुको आयआर्जनमा वृद्धि हुने भएकोले गौमुल गाउँपालिकाको कृषि विकास शाखाले स्याउँ खेतीको शुरुवात गरेको गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी दिए ।

सुदूरपश्चिमकै जिल्लामाहरु मध्ये बाजुरामा यो स्याउ खेतीको शुरुवात पहिलो रहेको कृषि विकास शाखा गौमुलले जनाएको छ । पहिला परिक्षणको रुपमा लगाउँदै गरेको यो स्याउ लगाएको एक वर्ष भित्रमा फल्न सक्ने भएकोले हामीले स्याउ खेतीको शुरुवात गरेको शाखाको भनाइ रहेको छ । जिल्लाको बुढीनन्दा नगरपालिकामा फल्दै आएको स्याउ साँउन बाट फल्न शुरु गरेर असोज, कार्तिक सम्म मात्र रहने हुन्छ भने यो फुँजी गाला र गोल्डन जातको स्याउ साउँनबाट फल्न शुरु गरेर मंसिर, पुस महिनाको अन्तिमसम्म रहने शाखा प्रमुख रमेश बि.कले जानकारी दिए ।

परिक्षणका लागि गौमुल गाउँपालिको वडा नं १ अन्द्राडीमा गठन भएको विन्द्रा वन कृषि समुहलाई ५ सय स्याउँको बोट दिएको प्रमुख विकले बताए । समुन्द्री सतहबाट १८ सय किलो मिटर भन्दा माथीको उच्चाइमा फल्न सक्ने भएकोले जिल्लामा रहेका १८ सय भन्दाबढी उच्च ठाँउको बाँझो रहेको जमिनको सदुपयोग हुने गरि स्याउँ खेती शुरु गर्न लागेको विकको भनाइ छ । एग्रोमनाङ्ग प्रा.लिबाट एक वोटको १ हजार १ सय ५० रुपियाँ खरिद गरेर बाजुरामा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्