Logo
Logo

काठमाडौंमा कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीलाई आजबाट खोप दिइने



काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) बाट कक्षा ११ र १२ र विश्वविद्यालयका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिइँदैछ ।

४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको हो ।

यही भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्