Logo
Logo

रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त



काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन् । सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले बताए ।

महाप्रबन्धक नियुक्त भएका झाले नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताए । ‘नियुक्तिको पत्र आज आउला,’ उनले भने। झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

सरकारले नेपाल पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ । बिहीबारकै मन्त्रिपरिषदले नेता नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्