Logo
Logo

ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


पोखरा, ४ वैशाख । ट्याक्टर दुर्घटनामा परेर मंगलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ ।
पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सो ट्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्