बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त « Drishti News – Nepalese News Portal
Logo

बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

प्रस्तावित प्रदेश प्रमुख शर्मा नेता माधव नेपालनिकट हुन् । उनी नेपाल पक्षको कोटाबाटै प्रदेश प्रमुख नियुक्ति भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

पार्टीको विदेश विभाग सचिवसमेत रहेका शर्माले मदन भण्डारी र वामदेव गौतमको सचिवालयमा समेत काम गरेका थिए । वाग्मतीमा बुधबार मात्रै मुख्यमन्त्री परिवर्तन भएको थियो ।

डोरमणि पौडेलले राजीनामा दिएपछि एमालेको एकल बहुमतका आधारमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्