Logo
Logo

भदौ ९ गते नेपाल र ठाकुरका पार्टीको सनाखत हुने



काठमाडाैं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टी सनाखत भदौ ९ गते हुने भएको छ । आयोगका दुबै दललाई सनाखतका लागि भदौ ९ गते बोलाएकाे हाे ।

शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए । निवेदनपछि आयोगले भदौ ९ गते नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू नयाँ पार्टीमा रहे/नरहेको सनाखत गर्न लागेको हो ।

९ गते सनाखतका लागि पुग्ने सदस्य नै पार्टीका केन्द्रीय सदस्य र सांसद रहनेछन् । जारी गरिएको अध्यादेश अनुसार सनाखतमा २० प्रतिशत सदस्य र सांसद पुगे नयाँ दल दर्ता हुनेछ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्