Logo
Logo

मलेसियाको प्रधानमन्त्रीमा याकोब नियुक्त



एजेन्सी । मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माईल साब्री बिन याकोब नियुक्त भएका छन्।

देशको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहले शुक्रबार याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

उनले निवर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप–प्रधानमन्त्रीसँगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरेका थिए। राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी उनैलाई दिएका थिए।

बिहीबार मात्रै याकोबलाई प्रधानमन्त्रीको रुपमा स्वीकार्य रहेको भन्दै ११४ जना सांसदहरुले राजदरबारमा पुगेर राजा समक्ष सहमतिपत्र बुझाएका थिए। उनको सपथ ग्रहण भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्