Logo
Logo

थप ३ हजारमा कोरोना पुष्टिदेखि झण्डै ७ खर्ब बेरुजुसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा १० हजार ५३० नमूनाको पीसीआर र ७ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , थप २६ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म १० हजार ४ सय ५५ पुग्यो, पछिल्लो २४ घन्टामा २२ सय ४४ जना कोरोनामुक्त, कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुग्यो, कोरोना संक्रमित ७१४ जनाको आइसीयूमा र १७१ जनाको भेन्टिलेटरमा उपचार जारी ।

२. नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि निर्वाचन आयोगले भदौ ९ गते बोलायो, सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पु¥याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिने, सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन, दल दर्तापछि राष्ट्रिय भेला गरेर पार्टीलाई मजबुत बनाएर अघि बढ्ने नेपालको नेता कार्यकर्तासँग प्रतिवद्धता ।

३. पार्टी एकताका लागि जोड दिने एमालेबाट विभाजित भएका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुको निष्कर्ष, सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध , एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने , पार्टीको हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको भेलाको निचोड ।

४. महालेखा परीक्षकको कार्यालयले नेपालको ‘सार्वजनिक जवाफदेहिता’ सन्दर्भमा दर्जनौं समस्याहरू औंल्याउँदै सरकारलाई दियो सचेत हुन सुझाव, अघिल्लो आर्थिक वर्षमा मात्रै १ खर्ब ४ अर्ब बेरुजु, जम्मा बेरुजु ६ खर्ब ७६ अर्ब पुग्यो, स्थानीय तहमा जनप्रतिनिधिको मनपरी, अनेकथरी सेवाका नाममा राज्यकोषको दोहन, ३४३ स्थानीय तहले किने एक अर्ब ३३ करोडका सवारी साधन, ३ अर्ब खर्चिएपछि फास्ट ट्र्याकका १४ वटा ठेक्का ‘अनावश्यक’ भएको ठहर, गोकर्ण रिसोर्टको लिज अवधि थप्ने सम्झौतामा महालेखाले उठायो प्रश्न, स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झण्डै ७ अर्ब बेरुजु ।

५. सर्वोच्च अदालतद्वारा क्षेत्राधिकार विवादलाई लिएर संघीय सरकारविरुद्ध प्रदेश २ ले हालेको रिटमा कारण देखाउ आदेश जारी, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले शुक्रबार प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राअधिकार र भूमिगत सिँचाई कार्यालयको हस्ताणतर लगायतका विषयमा प्रदेशको अधिकार हुने भन्दै संघीय सरकारविरुद्ध मुद्दा रिटमाथि सुनुवाई गर्दै कारण देखाउ आदेश ।

६. विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिको सरकारलाइ ध्यानाकर्षण, कक्षा १२ को परीक्षा स्थगितलाई समितिले अस्वभाविक रुपमा लिएको भन्दै परीक्षा सञ्चालन गर्नेतर्फ अघि बढ्न सुझाव, सरकारले कोरोनाको नयाँ भेरियन्टको कारण देखाउँदै परीक्षा रोक्न लगाएको राष्ट्रिय परीक्षा बोर्डकै असन्तुष्टी, निकास दिन सुझाव, विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शिर्षकमा विद्यार्थीसँग शुल्क नलिन मन्त्रालय, त्रिवि र संस्थानले इन्जिनियर कलेजहरुलाई समितिको निर्देशन ।

७. संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जलवायुजन्य विपद न्यूनीकरण तथा क्षतिपूर्तिका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन, जलवायु परिवर्तनका असर कम गर्न बढाउनुपर्ने लगानीको सुनिश्चितता गर्न र विश्व जलवायु कोषबाट प्राप्त हुने वित्त सहयोगलाई सजिलो र झन्झटमुक्त तरिकाले नेपालले प्राप्त गर्ने गरी काम अघि बढाउन मन्त्रालयलाई निर्देशन, मौसम पुर्वानुमान सम्बन्धी राष्ट्रिय नीति नभएकाले समस्या भएको विज्ञको दावी ।

८. नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुले पदीय आचरणविपरित शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन संसदीय समितिको सरकारलाई निर्देशन, शेयर खरिद विषय छानविनको क्रममा रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ, सीडिएससीले मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप्यो, अब आँफै पासवर्ड परिवर्तन गर्न सकिने, ’अल डे’ सुपरमार्केटको आइपीओ जारीबाट सवा १४ अर्ब उठाउने फिलिपिनी धनाढ्य भिल्लरको योजना ।

९. साफका लागि विश्वकपको भन्दा फरक टोली बनाउँदै एन्फा फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, नेपालको फिफा महिला वरीयता खस्कियो, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्याे,आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेल जिम्बावेमा हुने ।

१०.र, तालिवानद्वारा पत्रकारमाथि आक्रमण, महिला पत्रकारलाई घरबाटै काम गर्न आदेश, भारतीय दूतावासमा तालिबानको प्रवेश, गाडी र कागजात जफत, तालिवानद्धारा नेटो गठबन्धनमा काम गरेकाहरुको घर–घर पुगेर खोजी, सामुहिक मृत्युदण्ड दिन सक्ने, चीनमा तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐन संशोधन, अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता, मलेसियाको प्रधानमन्त्रीमा याकोब नियुक्त ।

प्रतिक्रिया दिनुहोस्