Logo
Logo

अर्थ समितिले भन्यो: धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई यथाशीघ्र कारवाही गर




काठमाडौं । प्रतिनिधि सभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु कुमार मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवर्द्धन गर्न आवश्यक रहेको सुुझाव दिएको छ ।

समितिले पूूँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

यसअघि बैठकमा अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकषर्ण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिए ।

उनले भने, ‘कानूनमा रहेका छिद्रलाई मेटाउने तयारी भएको छ, जनताको सम्पत्ति डुुब्ने हो कि भन्ने चिन्ता छ, सर्वोत्तम सिमेन्टको शेयर कारोबारका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

छानविन समस्या समाधान र जनताको सम्पत्तिको रक्षाका लागि भएको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘समस्यालाई टार्न समिति बनाएको हैन, घटनालाई गम्भीरतापूूर्वक लिइएकाले टुुङ्गोमा पुुर्‍याइनेछ, प्रतिवेदनका आधारमा दोषीलाई कारवाही हुुन्छ ।’, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्