Logo
Logo

विदेशबाट फर्किएका युवाहरुलाई लुट्ने समूह समातियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ बैशाख ।
विदेशबाट फर्किएका युवाहरुलाई प्रलोभनमा पारी लुट्ने गिरोह समातिएको छ । नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेशवाट फर्किएकाहरुसँग डलर लगायत अन्य विदेशी रकम बढिमा साटी दिने भनि ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नहरुमा काठमाडौं नेपालटार बस्ने सिन्धुली दुधौलीका ३३ वर्षीय उमेश घिसिङ्ग, नेपालटार बस्ने सिन्धुली दुधौलीका प्रेम घिसिङ्ग र जोरपाटी बस्ने सिन्धुली दुधौलीका ३० वर्षीय दानबहादुर तामाङ रहेका छन् ।


उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखि भित्रतर्फ कागज राखी साटन आए पछि रकम लिई उक्त वण्डल दिई भाग्ने गरेको डिएसपी होमिन्द्र बोगटीले बताए । पक्राउ पर्ने उमेश र प्रेम २ जना दाजुभाई रहेको र उनीहरु यस भन्दा पहिले पटक पटक ठगी मुद्दामा पक्राउ भई कारवाही भएको खुल्न आएको छ ।
उनीहरुले स्वयम्भूवाट ५ तोलाको औठी, सामाखुसीवाट ४६ हजार रुपैयाँ र गौशालावाट ४ लाख रुपैयाँ समेत लुटपाट गरको समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्