Logo
Logo

दलित महिला जनप्रतिनिधिमाथि निर्घात कुटपिट, ८ जना पक्राउ



बारा । जिल्लामा एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिकाकी वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेको खुलेको हो ।

पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितका समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोपमा उनीमाथि कुटपिट गरिएको बताइएको छ ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए । आक्रमण भएको सूचना पाएलगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्दार गरेको थियो । प्रहरीले उनलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएस्को छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराधअन्तर्गत अभद्र तथा अमानवीय व्यवहारविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्