काठमाडौं, ४ बैशाख ।
नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा बुधबार नर्भिक अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।

केही महिनायता उनी गम्भीर बिरामी भएका थिए । कामना मासिकमार्फत चलचित्र पत्रकारीता गरेका श्रेष्ठले नेपाली पत्रकारितामा महत्वपूर्ण योगदान दिएका छन् ।