Logo
Logo

हिन्दी फिल्मलाई पनि नेपाली नियम : कलंक रोकिँदा फाइदा कसलाई ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ बैशाख । पदभार ग्रहण गरेको महिना दिन नवित्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्माताहरुका लागि प्रशंसनीय काम गरेका छन् ।
लामो समयदेखि चलचित्र निर्माता संघको गुनासोलाई सुनुवाई गर्दै अध्यक्ष भट्टराईले आज बुधबार प्रदर्शनमा आउने भनिएको हिन्दी फिल्म ‘कलंक’ रोकेका छन् । नेपाली र हिन्दी अघिपछि प्रदर्शन गर्दा नेपाली फिल्मलाई असर भइरहेको निर्माताहरुले गुनासो गर्दै आएका थिए ।
निर्माता संघ र चलचित्रसंघ फिल्म यहाँ रिलिजबारे सम्झौता भएपनि हिन्दी फिल्ममा लागू नहुँदा निर्माताहरु मर्कामा पर्दै आएका छन् । उनीहरुले हिन्दी पनि नेपालीसँगै रिलिज गर्ने माग गर्दै आएका थिए । तर, चलचित्र संघले उक्त सम्झौता हिन्दी फिल्मको सन्दर्भमा लागू नहुने भन्दै बलिउडसँगै रिलिज गर्दै आएका थिए ।
भारतीय फिल्म बुधबार विश्वभर रिलिज गरिन्छ । त्यसैक्रममा ‘कलंक’ आज रिलिज हुँदैथियो । तर, नेपाली फिल्मका निर्माताहरुले ‘कलंक’ रोक्न बोर्डमा निवेदन दिएसँगै अध्यक्ष भट्टराईले ‘कलंक’ रोकिदिन चलचित्र संघलाई पत्राचार गरेका हुन् ।
बोर्डको यस्तो निर्णयले केही हलवालाहरु भने रुष्ट भएका छन् । उनीहरुले उक्त निर्णयलाई विकास बोर्डका अध्यक्ष भट्टराईको व्यक्तगत स्वार्थ भएको आरोप लगाएका छन् । यता ‘कलंक’को रिलिज रोकिँदा हाल रिलिज भइरहेको ‘यात्रा’ र ‘ए मेरो हजुर–३’लाई भने फाइदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्