Logo
Logo

तीन दशकपछि माधव नेपालविहीन एमाले बैठक (तस्बिरहरु)



काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

आज भन्दा ३१ वर्ष अगाडि अर्थात २०४७ सालमा नेकपा एमाले स्थापना भएपछि निरन्तर नेतृत्वमा रहँदै आएका वरिष्ठ नेता नेपाल एमालेका सबै बैठक तथा कार्यक्रमहरुमा मञ्चको अग्रस्थानमा देखिन्थे । तर, पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

तीन दशकपछि नेता नेपाल अब नेकपा एमालेको मञ्चमा देखिने छैनन् । एमाले गठनदेखि देशकै सबैभन्दा ठूलो दल बनाउन भूमिका निर्वाह गरेका माधवकुमार नेपालविहीन एमाले बैठकलाई तस्बिरमा हेरौं ।

प्रतिक्रिया दिनुहोस्