Logo
Logo

संस्कृत भाषाको महत्वबारे छलफल



काठमाडाैं । संस्कृत भाषाको महत्वको विषयमा भारतीय दूतावासले सेमिनार गरेको छ । विश्व संस्कृत दिवसूको अवसरमा, वेदको भाषा संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउनको लागि दूतावासले संस्कृत: पूर्वीय संस्कृतिको स्रोत विषयक सेमिनार गरेको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित संस्कृत विद्वानले विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष श्रीविनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत शुभकामना दिएका थिए ।

समारोहमा वाङ्गमय शताब्दी पुरुष र नेपालका महान् विद्वान् श्रीसत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता श्री चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्