Logo
Logo

रोनाल्डो म्यानचेस्टर सिटी जाने !



एजेन्सी । इंग्ल्याण्ड राष्ट्रिय टिमका कप्तान तथा टोटेनहमका स्ट्राइकर ह्यारी केन नआउने पक्का भएपछि म्यानचेस्टर सिटीले पोर्चुगल स्टार क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउने तयारी गरेको छ ।

यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । रोनाल्डोले समाजिक सञ्जालमा लामो संदेश लेख्दै आफ्नो भविष्यबारे अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेका थिए ।

तर, पछिल्लो समय उनको मुड परिवर्तन भएको बताइएको छ । रोनाल्डोकै आग्रहमा मेन्डेसले म्यानचेस्टर सिटीसँग छलफल सुरु गरेको गोल डटकमको दावी छ ।

रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने सम्भावना नदेखेपछि सिटी जाने सोच बनाएका हुन् । रोनाल्डोका लागि म्यानचेस्टर सिटीले सम्झौतामा इच्छा देखाएपनि ट्रान्सफर रकम तिर्न भने आनाकानी छ ।

रोनाल्डोको उमेर अनुसार दुई वर्ष सम्झौता दिने भएपनि युभेन्टसको माग अनुसार ३० मिलियन युरो तिर्न भने सिटीले मानिरहेको छैन । सिटीले भने रोनाल्डो फ्रि ट्रान्सफरमा आउनुपर्ने बताएको छ ।

सिटीले लामो समय टोटेनहम हट्सपरका फरवार्ड ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर केनलाई बेच्न टोटेनहम सहमत हुन नसक्दा विकल्पका रुपमा रोनाल्डो अनुबन्ध गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्