Logo
Logo

इटालीमा इच्छा मृत्यु पक्षधर बढ्दै, अर्काे वर्ष जनमतसंग्रह



एजेन्सी । इटाली सरकारले आगामी वर्ष इच्छा मृत्युसम्बन्धी जनमत संग्रह गर्ने भएको छ । इच्छा मृत्यु पक्षधर बढ्दै गएपछि जनमत संग्रह गर्ने लागिएको हो ।

अहिले देशभर साढे ७ लाख नागरिकले इच्छा मृत्यु गर्न पाउने पक्षमा हस्ताक्षर गरेका छन् । कुनै पनि समसामयिक मुद्दामा जनमत संग्रह गराउन पाँच लाख नागरिकको हस्ताक्षर आवश्यक मानिन्छ ।

‘उचित कानूनको अभावमा अहिले बिरामीको इच्छा मृत्यु हुन सकेको छैन,’ विरामीको इच्छा मृत्युको पक्षमा अभियान चलाएको लुका कोसिओनी एशोसियसनले आफ्नो विज्ञप्तिमा भनेको छ । इटालीको संविधानअनुसार अरु व्यक्तिलाई मृत्युवरण गर्न सहयोग गर्ने व्यक्तिलाई पाँच देखि १२ वर्षसम्म कैद हुन्छ ।

तर, यसबारे सन् २०१९ मा संवैधानिक अदालतले गरेको एउटा छुट्टै फैसलामा ‘गम्भीर विरामीले स्वतन्त्र र सचेत निर्णय लिन सक्ने’ भन्दै अप्रत्यक्ष रुपमा यस्तो मृत्युलाई समर्थन गरेको थियो । इच्छा मृत्युबारे देशभर बहस चलिरहेको छ ।

उपचार नहुने रोगबाट ग्रसित व्यक्तिलाई उनीहरुको अनुरोधमा कानूनी रुपमा मृत्युवरण दिनुपर्ने केहीले तर्क गरेका छन् भने कोहीले अप्राकृतिक मृत्यु ‘हत्या’ सरह हुने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्